उदयपुर। उदयपुरमा १ सय शैयाकाे कोरोना विशेष उपचार केन्द्र बनाउन चौदण्डी गढि नगरपालिकाले केही भवन र जमिन उपलब्ध गराउने भएको छ ।
त्रियुगाा ,बेलका र चौदण्डीगढीका नगरप्रमुख बलदेब चौधरी , दुर्ग कुमार थापा र खगेन्द्र राइले संंयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका हुन ।
३ वटा नगरपालिका र ३ वटा गाऊपालिकाको संयुक्त लगानिमा भवन, आवस निर्माण गरिने र थप स्वास्थ्य उपकरण ,जनशक्ति प्रदेश तथा केन्द्र सरकारसंग अनुरोध गरिने चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राइले बताए ।
उदयपुर , खोटाङ ,ओखलढुङ्गा , सोलुखुम्बु , भोजपु र प्रदेश – २ को सप्तरीकाे समेत केन्द्रमा पर्ने चौदणडीगढी – ६ मदन भण्डारी लोकमार्गको द्वार खोला सातधारे खण्डको निर्माणाधीन सशस्त्र बेश क्याम्पकाको ५ वटा भवन उपलब्ध गराइएको हो ।
उदयपुरमा डाक्टर तथा आधुनिक उपकरण सहित कोराना विशेष अस्पतालका लागि उदयपुरका स्थानीय सरकार लागि परेको र तत्काल भवनका लागि सबै स्थानीय तहले १ करोड संकलन गर्ने त्रियुगा नगरप्रमुख चौधरी ले बताए ।
५ वटा भवनमा २० सैयाको आईसुलेसन वाड हुने र थप ८० शैयाका लागि नयाँ भवनको प्राबिधिक नक्सा ईस्टिमेट र डिजाइन तयार भै सकेकाे चौदण्डीगढी उपप्रमुख रिता चौधरीले बताइन । भवन निर्माणको काम असारको पहिलो साता देखि हुने भएको छ ।





