ताजा समाचार

सरकारले खर्च गरेको १० अर्बको हिसाब खोज्दै नेपाली काँग्रेस सिन्धुपाल्चोकले गर्यो प्रदर्शन

चौतारा । सरकारले  भ्रष्टाचार विरुद्ध देशैभरी आन्दोलन भइरहेको बेला सिन्धुपाल्चोकमा पनि आन्दोलन  भएकाे छ । सरकारले कोरोना रोकथामको नाममा संस्थागत रुपमै भ्रष्टाचार गरेपछि नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले त्यसको हिसाब किताब खोजेको हाे ।
क्षैत्रीय समितिले आज बिहान लामोसाँघु बजारमा प्रदर्शन गर्दै उनीहरुले कोरोना रोकथामका लागि १० अर्ब खर्च गरेको बताएकोले त्यो रकम कहाँ/कहाँ खर्च भयो त्यसको हिसाब मागेका हुन् ।

शुक्रबार बिहान लामोसाँघु बजारमा प्रदर्शन गर्दै सेनाले स्वास्थ्य सामग्री खरिद , आरडीटी किट खरिद, विदेशबाट उद्धार गरेको नाममा नागरिकहरुबाट अत्याधिक भाडा असुलेर गरेको भ्रष्टाचारबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेको छन् ।

आनदोलनलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले देश विषम परिस्थितिबाट गुज्रिएको बेला पनि सरकारका हरेक अंग भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै त्यसको छानबिन गर्नका लागि दबाब स्वरुप आफूहरुले प्रदर्शन गरेको जानकारी दिए ।

आरडीटी प्रविधिमार्फत परीक्षण गराउन बन्द गर्दै पीसीआर प्रविधिमार्फत सबैको कोरोना परीक्षण गरेर कोरोना रोकथाम गर्न सरकार नलागेको स्थानीय काँग्रेस नेता युधिर पौडेलले आरोप लगाएका छन् । प्रदर्शनमा स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *