ताजा समाचार

काेराेना परीक्षणकाे परिणाम नआएपछि स्वाब सङ्कलन स्थगित

धनुषा । प्रदेश नं २ को विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाबमध्ये आधा जतिको परीक्षण परिणाम नआएकाले बिहीबारदेखि नयाँ स्वाबको सङ्कलन स्थगन गरिएको छ । प्रदेश नं २ सरकारले विभिन्न क्वारेन्टिनमा रहेका र शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबमध्ये आधाको परिणाम आउन नसकेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ मा हालसम्म ३० हजार ५४३ को स्वाब सङ्कलन गरेकामा १५ हजार ९९ जनाको स्वाबको परिणाम नआएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक एवं वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । अहिले प्रदेश नं २ का विभिन्न क्वारेन्टिनमा १८ हजार ८९४ छन् भने होमक्वारेन्टिनमा आठ हजार ८१२ रहेको बेलामा स्वाब परीक्षणमा भएको ढिलाइका कारणले हालका लागि स्वाब सङ्कलन रोकिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *