ताजा समाचार

काेराेना अपडेट : विश्वभर ४ लाख १८ हजारकाे मृत्यु, एकै दिन १ लाख ३४ हजार संक्रमित

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १८ हजार ८७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५१ हजार ५३२ जना संक्रमित भएका वल्डोमिटरर्सले जनाएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ३३ हजार जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ९९ हजार व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लोे २४ घन्टामा ५ हजार १६५ जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७९ जना नयाँ संक्रमित भएका छन् भने देशभर ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन् । त्यस्तै १५ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *