ताजा समाचार

संविधान संसोधन फिर्ता लिन सांसद सरिता गिरीलाइ पार्टीको निर्देशन, फिर्ता नलिए कारवाही गरिने

काठमाडौं । बुधबार संसद्मा संविधान संसोधनको प्रस्ताव पेश गरेकि सांसद सरिता गिरीलाई आफ्नै समाजवादी पार्टीले व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

संसद्मा प्रस्ताव पेश गरे लगत्तै बुधबार पार्टीका पैमुअ सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सरकारले पेश गरेको लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्ने विधेयक खारेज गर्न माग गर्दै गिरीले संसदमा अर्को संसोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् ।
लिम्पियाधुरा लगाएतको क्षेत्र भारत क्षेत्रमै पर्ने भन्दै नेपालको स्रोत र प्रमाण नपुगेको भन्दै उनले प्रस्ताव खारेज गर्न माग गरेकी छन् ।
उनले संसद्मा लिम्पियाधुरा भारतकै हो भन्दै वकालत गर्दै आएकि छिन् । उनको यस्तो अभिव्यक्तिले संसद्भित्रै र बाहिर पनि चर्को आलोचना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *