ताजा समाचार

मनकारी पूर्वमन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकमा कार्यरत सबै प्रहरी र एम्बुलेन्स चालकको कोरोना बिमा गर्ने घोषणा

काठमाडौं । कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहतका सम्पुर्ण तहका प्रहरीहरुको कोरोना बिमा गरिदिने घोषणा गरेका छन् ।

कोरोना माहामारीमा फ्रन्टलाइन खटिएर बिरामी ओसारपसार गर्न अहोरात्र खट्ने एम्बुलेन्स चालक तथा प्रहरीहरूको जोखिमलाई मध्यनजर राख्दै कांग्रेस पार्टिका खेलकुद विभाग प्रमुख समेत रहेका पूर्वमन्त्रीले उनीहरुको सम्मान गर्दै बिमा गरिदिएका हुन् । हाल जिल्लामा साढे तीनसयको हाराहारीमा प्रहरी कार्यरत छन् ।

यसअघि उनले जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीको बिमा गरिदिएका थिए । जिल्लावासीको सुखदुखमा सधै सारथी बनेका पूर्व मन्त्री बस्नेतले यसअघि कोरोनाबाट पहिलो मृत्यु भएकि राम्चेकि एक महिलाको बच्चालाई पालनपोषणको लागि पनि ५० हजार नगद दिएका थिए भने उनको शिक्षादिक्षा र रोजगारको समेत जिम्मेवारी लिएका थिए ।
देशमा कोरोना संकट सुरु भएदेखि नै पूर्वमन्त्री बस्नेतले आफ्नो जिल्लामा यसबारे विशेष जनचेतना जगाउँदै स्वास्थ्यसामाग्री वितरण गर्दै आएका छन् । उनले लाखाैं मुल्य पर्ने पीपीइ, माक्स र स्यानिटाएजर लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

पूर्वमन्त्री बस्नेतले जिल्लामा परेकाे अापद विपदमा सधैं अग्रभागमा खटिएर सेवा गर्दै अाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *