ताजा समाचार

बेलैमा तयारी गरेको भए न्यूजिल्यान्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्योः गगन थापा

काठमाडौं । गगन थापाले सरकारले बेलैमा तयारी नगर्दा आजको स्थितिमा देश पुगेको बताएका छन् । बुधबार संसद्मा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘जुन अवस्थामा भारतबाट नेपाली ल्याइएका छन् ति व्यक्ति हुन् कि नेपाली नागरिक ? ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, तिनिहरु आउँदै छन् भने क्वारेन्टिनकोे व्यवस्था गर्ने प्रधानमन्त्रीको सरकारले हो वा हामीले हो ? त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्न पथ्र्यो ? वा एक जना पनि कोरोना संक्रमित नभएको न्यूजिल्यान्डका प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्र नाचेको हेर्न पाइन्थ्यो । ‘
उनले कोरोनाबारे प्रधानमन्त्री अनभिज्ञ रहेको भन्दै भने, प्रधानमन्त्रीलाइ कोरोनाबारे धेरै कुरा थाहा छैन तर थाहा छैन भन्ने नै थाहा छैन । यो बढो डर लाग्दो भयो ।
उनले अगाडी भने, ‘हङकङमा नेपालमा क्षमता नभएर कोरोना परीक्षण पठाएको होइन प्रधानमन्त्री ज्यू त्यो बेला नेपालमा रिएजेन्ट काही पनि थिएन त्यही भएर पठाएको । ‘
‘नेपाल सरकारले ५ वटा पीसीआर मेसिन किन्यो पाँच वटै चलेन’, उनले प्रश्न गरे, हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कस्ले भन्यो, नेपालमा मृत्यु हुनेको संख्या कम छ भने उमेर समुहको आधारमा मृत्यु भएको विश्वव्यापी संख्या सँग दाँजेर हेर्नु भएको छ ? भष्ट्रचार स्वास्थ्य सामाग्रीको सूची राखेर संसदमा खुला बहसको लागि प्रधानमन्त्रीलाई आह्वान गर्दछु । तयार हुनुहुन्छ ? ‘

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *