ताजा समाचार

उपप्रधानमन्त्री पोखरेलसँग मन्त्रिपरिदका सदस्यनै असन्तुष्ट, लकडाउन खुकुलो पार्ने मोडालिटी खै : प्रधानमन्त्री ओली

 काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा निइत्रण उच्चस्तरीय समन्वय समितिको संयोजकका रुपमा काम गर्न नसकेको भन्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको मन्त्रिपरिषदभित्रै आलोचना शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले गत जेठ १७ गते नै लगडाउनलाई खुकुलो बनाउने कार्यायोजना ल्याउन निर्देशन दिएको भएपनि उनले अहिलेसम्म सो सम्बन्धी कार्ययोजना ल्यान नसकेकोमा उनको आलोचना शुरु भएको हो । प्रधानमन्त्री ओलीले समेत उनलाई झपारेका छन् । गत आईतबार बेलुकी बालुवाटारमा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको वैठक प्रधानमन्त्री निवासमै बसिरहेको बेला उनलाई प्रधानमन्त्री ओलीले खै त कार्ययोजना भन्दै लकडाउन खुकुलाे बनाउने विषयमा जिज्ञासा राखेका थिए।

उच्चस्तरीय समितिले गत चैत ११ यता निरन्तर गर्दै आईरहेको लकडाउन खुकुलो कसरी बनाउने, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले बनाएको सुरक्षा मापदण्डलाई समेत ध्यानमा राखेर लकडाउन खुकुलो बनाउने ठोस मोडालिटी ल्याउन गरेको निर्देशन अनुसार पोरखेल नेतृत्वको समितिले प्रस्ताव तयार पार्न नसकेपछि प्रधानमन्त्रीले पोखरेलको काम कारवाहीप्रति असन्तोष व्यक्त गरेका थिए । बैठकमा प्रधानमन्त्री ओली समेत सहभागी थिए । पोखरेल नेतृत्वको समितिले तयार पारेको मोडालिटीका खाकामा बालुवाटारमै छलफल हुदै थियो । त्यही प्रधानमन्त्री ओलीले स्वास्थ्य उपकरण नभएका कारण परिक्षण रोकिएको, औषधीको अभाव देखिन थालेको र वर्षाको समय नजिकिएको बेला यी सबै ब्यवस्थापनका सवालमा समितिको तयारी के हो भनी उपप्रधानमन्त्री पोखरेलसँग जिज्ञासा राखेका थिए ।जवाफमा पोखरेलले समितिले तयारी गरिरहेको, खरिद प्रक्रिया भईरहेको, प्रदेश २ मा भने त्यहाँको प्रदेश सरकारले केन्द्रलाई सहयोग नगरेको जस्ता जवाफ दिएका थिए ।

तर प्रधानमन्त्री ओलीले बोलीले मात्र होइन, ब्यवहारमा काम नदेखिएको भन्दै एक्सनमा काम गर्न निर्देशन दिएका थिए । ‘कोरोना संक्रमण बढेको बढ्यै छ, संक्रमितलाई पनि परिक्षण बिनै घर जान दिएको कुरा आईरहेको छ, स्वास्थ्य माथी खेलवाड गर्न दिने काम किन भयो ’ प्रधानमन्त्री ओलीले जिज्ञासा राखेका थिए । अहिले सर्वसाधारण आफैले लकडाउन उल्लंघन गरिरहेको अवस्थामा सरकारल मुकदर्शकमात्रै भैरहेको छ । यस्तो बेलामा संयोजकको रुपमा पोखरेलले काम गर्न नसकेकोमा प्रधानमन्त्री समेत असन्तुष्ट रहेको स्रोतको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *