काठमाडौं। संविधान संशोधन विधेयक आज मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ ।
आज बस्ने प्रतिनिधसभा बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक समेटिएपछि प्रस्तुत हुने भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।




