ताजा समाचार

रुपन्देहीकाे तिलोत्तमामा ५ जनाको हत्या, एक जना पक्राउ

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजार मैनहवामा ५ जनाको सामुहिक हत्या भएको छ।

कान्छीबजारको मैनहवास्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको प्रहरीले जनाएको छ । चार जनाकाे घटनास्थलमै र एक जनाकाे उपचारकाे क्रममा निधन भएकाे प्रहरीले जनाएकाे छ ।
हत्यामा संलग्नको  अाराेपमा एक जना पक्राउ परेका छन् । उनी मृतककै साथी भएकाे जनाइएकाे छ । हत्या हुनेमा एक महिला र चार पुरूष छन् ।
प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *