काठमाडौ। पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लगेका छन । उहाले बारी जोत्दै गरेको एउटा फोटो सामाजिक संजालमा सार्वजनिक भएको छ । महरा तीन दिन अगाडि रोल्पा पुगेका थिए । खेतिपातीको समय सुरु भएकाले उनी गाउँ आएको बताएका छन् ।
राजनीति गरेदेखि लामो समय बाहिरको बाहिरै बसेका पूर्व सभामुख महरा यसपटक खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर पुग्नु पुगेका छन । सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषिकर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएका छन् ।
‘कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको बेला कृषि उत्पादनलाई बढाउन गरिने गतिविधिलाई हामी सबैले सकारात्मक रुपमा लिएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताए।




