काठमाडौं।नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम कुमार चापागाइँले लकडाउनका कारण काठमाडौंमा अफ्ट्यारोमा परेका ३५ जना विद्यार्थीलाई बसमार्फत भोजपुर पठाएका छन । उपत्यकामा अलपत्र परेका ३५ जना विद्यार्थी र उनीहरूका आफन्तलाई चापागाइँले आइतबार उद्धार गरेर बसमार्फत भोजपुर पठाएका हुन् ।
कोरोना भाइरसको महामारीको मारमा परेका भोजपुर घर भई काठमाडौंमा रहेका विद्यर्थी र उनीहरुका आफन्तलाई उद्दार गरी शनिवार बिहान बसमार्फत भोजपुर पठाइका उनीहरुलाई साँगामा प्रहरीले रोकेर काठमाडौं फर्काएको थियो । युवा नेता चापागाईले प्रशानसंग कुरा गरेर पुनः उनीहरुलाई शनिबार बेलुका भोजपुर पठाएका हुन ।
भोजपुर पुगेर उनीहरू स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेको षडानन्द नगरपालिका १ का वडाध्यक्ष रामेश्वर भण्डारीले बताए ।
महामारीले निम्त्याएको असहज परिस्थितिमा अलपत्र परेका ३५ जनालाई उपत्यकाबाट भोजपुर पठाउने क्रममा सहयोग गर्ने समाजसेवी क्याप्टेन रमेश श्रेष्ठसहित प्रहरी, प्रशासन र सरोकारवाला निकायलाई चापागाइँले धन्यावाद प्रकट गरेका छन ।
सधै जनताको साथमा रहने उपाध्यक्ष चापागाईँको व्यस्तता झनै बढेको छ । समाजसेवामा समेत सक्रिय चापागाईले कोरोना भाइसरको महामारी र लकडाउनको मारमा परेका मानिसलाई प्रहरी प्रशासन र नेकपाका कार्यकर्ताको अवरोधका बीच पनि निरन्तर राहत र स्वास्थ्य सामाग्री वितरण गर्दै आएका छन । चापागाईले उपत्यकामा बसोबास गर्ने भोजपुरका जनतालाई निरन्तर राहत उपलब्ध गराउदै आएका छन । लकडाउनकै बीचमा उनले गृहजिल्ला भोजपुर पुगरे स्वास्थ्य सामाग्री समेत वितरण गरे । उपाध्यक्ष चापागाईले कोराना माहामारी नेपालमा सुरु हुनेवित्तकै देखि भिडभाड हुने ठाउमा समाजिक दूरी कायम गर्ने अभियान नै चलाएका थिए ।
काण्डाैंकाण्डमा फसेको सरकार कोरोना माहामारी नियन्त्रण,राहत र उद्दारमा नराम्ररी चुकेको उपाध्यक्ष चापागाईकाे आराेप छ ।




