ताजा समाचार

चीनमा भेटिएका नयाँ ६ संक्रमित मध्ये ५ जनामा देखिएन लक्षण

काठमाडौं । चीनमा पछिल्लो २४ घन्टामा ६ जना नयाँ संक्रमित भेटिएका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण नदेखिएको चीनको नेशनल हेल्थ कमिशनले जनाएको छ । एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए ।

वल्डोमिटरर्सका अनुसार चीनमा ८३ हजार ३६ जना संक्रमित भेटिएका छन् । यहाँ हालसम्म ४ हजार ६ सय ३४ को मृत्यु भइसकेको छ । चीनको बुहानबाट कोरोना भाइरस विश्वभर फैलिएको छ । चीनमा नियन्त्रणमा आइसकेको कोरोनाले विश्वका अन्य राष्ट्रलाई भने पिरोलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *