नवलपरासी।नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ ।
स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
२८ माघ ०८:०८
१ फाल्गुन १४:३२
२६ माघ १३:५१
२६ माघ १३:५६
१ फाल्गुन १२:३१
२६ माघ १५:२९




