ताजा समाचार

फेरिए स्वास्थ्यका प्रवक्ता डा. देवकाेटा, अब देखिने छैनन् मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता फेरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई हटाएर थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशकबाट तीन दिनअघि मन्त्रालयमा तानिएका प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

डा. देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। नेपालमा कोरोना संक्रमण देखिन थालेदेखिनै डा. देवकोटा संक्रिय रहेर काम गरिरहेको थिए ।
उनले स्वस्थ्य मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफ्रिङमा देशभर कोभिड १९ को अवस्थाबारे जानकारी दिने गर्थे । मन्त्रालयको आइतबारको मिडिया ब्रिफ्रिङमा भने उनी नै उपस्थित भएका थिए ।
सरकारले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा व्यापक हेरफेर गरेपछि डा. देवकोटा गुणस्तर मापन महाशाखा पुगेको हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *