ताजा समाचार

शनिवार ३ सय २३ जना कोरोना संक्रमित थपिए, ७० जिल्लाका ३ हजार २ सय ३५ मा संक्रमण

काठमाडौं।शनिवार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला छन ।
नेपालमा ७० जिल्लाका ३२ सय ३५ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
शनिवार ३२ जनाको डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर ३ सय ६५ जना घर फर्केका छन । जसमध्ये २ सय ९९ पुरुष र ६६ जना महिला छन । १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट १ लाख ३७ हजार ४ सय ३५ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्मा २ लाख २९ हजार ९ सय १२ को परिक्षण भएको उनले बताए । क्वारेनटाइनमा १ लाख ६८ हजा ३१ जना छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *