काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
जेठ १८ गते नर्सिङ काउन्सिलका पूर्व रजिष्टर धनप्रसाद पौडेल सहतिको चिकित्सकको टोलीले काठमाडौंमा उपलब्ध कर्मचारीको स्वाब शंकलन गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा सबै कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना संक्रमणको जोखिम बढिरहेका बेला कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीको पहलमा कर्मचारीको कोरोना परिक्षण गरिएको थियो ।




