कोशी प्रदेश

चाैदण्डीगढीमा कोरोना बिरुद्द फ्रन्ट लाइनमा खटेका सबैकाे पीसीआर रिपाेर्ट नेगेटिभ

उदयपुर।नोबल कोरोना भाइरस ( कोभिड १९ ) बिरुद्द  अग्रस्थानमा रहेर कार्य गर्ने चौदण्डीगढी नगरपालिकाका सबैमा पिसीआर रिपोर्ट नेगेटिभ  आएको छ ।
गएको शनिवार प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा कोरोना भाइरस बिरुध्द अग्रस्थानमा रहेर कार्य गरेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , संचारकर्मी, जनप्रतिनिधि तथा सामाजिक अभियान्ता लगायत १ सय जनाको नमुना थ्रोट स्वाब संकलन गरिएको थियो ।
 बीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको  १ सय जना सबैको रिपाेर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा चौदण्डीगढीका तेज बहादुर पोखरेलले जानकारी दिए ।
 रिपोर्ट नेगेटिभ  आउना साथ स्थानीय स्तरमा चौदण्डीगढी सुरक्षित भएकोमा स्थानियले खुसि प्रकट गरेका छन भने भारत तथा अन्य मुलुकबाट  आएर कोरेन्टाइनमा बसेका करिब २ सय जनाक‍ाे नमुना स्वाब भने १४ लिन भित्र लिइने नगर स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *