काठमाडौं । काठमाडौ मेडिकल कलेज सिनामंगलको थप एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङको क्रममा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिँदै केएमसीमा थप एक स्वास्थ्य कर्मीमा कोरोना लागेको पुष्टि गरे ।
यसअघि मंगलबार ३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण भएको थियो । अस्पालले बुधबार नै विज्ञप्ती जारी गरेर केही दिनको लागि अस्पतालका आकस्मिकसहित सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पताल निर्मलीकरण पछि मात्र अस्पताल यथावत् संचालन गरिने अस्पतालले जनाएको छ ।




