कोशी प्रदेश

यस्तो छ संखुवासभाका स्थानीय तहको बजेटको तस्बीर,सिलिङ हेर्दा चिचिला गाउँपालिकालाई बजेट न्यून

सङ्खुवासभा।नेपाल सरकारको बजेट वक्तव्य मार्फत आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन हुँदा जिल्लामा सबैभन्दा कम बजेट चिचिला गाउँपालिकालाई परेको छ ।

भूगोल र जनसङ्ख्याको आधारमा नेपाल सरकारले स्थानीय तहलाई दिँदै आएको बजेट समानीकरण अनुदान¸ सशर्त अनुदान¸ विशेष अनुदान र समपूरक अनुदान सहितका बजेट शीर्षकबाट चिचिला गाउँपालिकालाई कुल १६ करोड ४९ लाख बजेट विनियोजन गरिएको छ । यसैगरी जिल्लाको सुदुर उत्तरमा रहेको चीनको सीमानासँग जोडिएको दुर्गम गाउँको रुपमा चिनिएको भोटखोला गाउँपालिकालाई पनि १६ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ । यसैगरी मकालु हिमालको काखमा रहेको गाउँपालिकाको रुपमा चिनिने मकालु गाउँपालिकालाई आगामी वर्षको बजेटमा २५ करोड २६ लाख रुपैँया बजेट विनियोजन भएको छ । यसैगरी आगामी वर्षको बजेटमा सिलिचोङ गाउँपालिका ताम्कुको लागि २४ करोड ४९ लाख रुपैँया¸ सभापोखरी गाउँपालिकाको लागि २२ करोड २६ लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।
यसैगरी जिल्लाको पुरानो नगरपालिकाको रुपमा चिनिने खाँदवारी नगरपालिकाको लागि सबैभन्दा बढी बजेट आगामी वर्षको बजेटमा सरकारले निकाशाको व्यवस्था मिलाउँदै ४६ करोड ७१ लाख बजेट छुट्याएको छ । यसैगरी जिल्लाको दोस्रो शहरको रुपमा चिनिने चैनपुर नगरपालिकाका लागि समेत ४६ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

यसैगरी पाँचखपन नगरपालिकाका लागि ३१ करोड ३४ लाख¸ मादी नगरपालिका मादीका लागि २६ करोड ३७ लाख र धर्मदेवी नगरपालिकाका लागि ३० करोड ४७ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दश वटै पालिकाका लागि नेपालको संघीय सरकारले २ अर्व ८७ करोड ९१ लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये समानीकरण अनुदान तर्फ १ अर्व ८ करोड ५४ लाख रहेको छ¸ यसैगरी शसर्त अनुदान तर्फ १ अर्व ३ करोड ९ लाख बजेट विनियोजन भएको छ¸ यसैगरी विशेष अनुदानबाट समेत १० करोड ९० लाख प्राप्त गर्नेगरी व्यवस्था मिलाइएको छ र समपूरक अनुदान कोषबाट ६ करोड ३५ लाख गरी १० वटै पालिकाका लागि संघीय सरकारले गत जेष्ठ १५ गते गरिएको बजेट वक्तव्यबाट संघीय सरकारले यस किसिमको बजेट पठाएको धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेशकुमार जिमीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *