काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ। वल्डोमिटरर्सको आज बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक कोरोना संक्रमण फैलिएका देशको सूचीमा सातौं स्थानमा छ। पछिल्लो समय भारतमा कोरोना तिव्र गतिमा फैलिएको छ । कोरोनाको उद्गम चीनलाई पनि भारतले उछिनेको छ । भारतमा कोरोनाबाट अहिलेसम्म ५ हजार ६ सय ८ जनाको निधन भएको छ भने चीनमा ४ हजार ६ सय ३४ जनाको निधन भएको छ ।
भारतभन्दा अघि क्रमशः इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल, अमेरिका छन्। त्यस्तै, १ लाख ९८ हजार बढी संक्रमण भइसकेको छ । भने ९५ हजार ७५४ जना कोरोना मुक्त भइसकेका छन्।




