ताजा समाचार

काँग्रेसद्वारा बाँके दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त

काठमाडाैं । नेपाली काँग्रेसले नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको हाइस गाडी दुर्घटनामा परी १२ जना निधन भएको तथा अन्य व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी राप्तीसोनारी गाउँपालिका–२ स्थित ठुरिया जंगलमा गएराति दुर्घटना भएको थियो । काँग्रेसले एक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै सवारी दुर्घटनाको यथार्थ छानविन गर्न तथा घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *