ताजा समाचार

आज थप २ सय २६ जनामा कोरोना संक्रमण देखियो, देशभर १७ सय ९८ पुगे संक्रमित

काठमाडौं । नेपालमा सोमबार एकैपटक अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा २सय २६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप संक्रमितको संख्या सार्वजानिक गरेका हुन् ।

देशका विभिन्न प्रयोगशालामा गरेको परीक्षणमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । संक्रमितहरू  दैलेखका सबैभन्दा धेरै ४१ जना,  कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लामा १९ जना,  झापाका २ जना, नवलपरासीका २ जना, , सल्यानमा १० जना, सुर्खेतका ५,, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *