कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना देखियो, संक्रमित ९४ जना पुगे

काठमाडौँ । कर्णाली प्रदेशमा आइतबार साँझ थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार राति जारी गरेको सूचना अनुसार प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । संक्रमितमा १ जना महिला र बाँकी पुरुष छन् ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *