ताजा समाचार

भारतबाट आएका नेपाली बोकेर सल्यान जाँदै गरेको बस बाँकेमा दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं । बाँकेमा यात्रुबाहक फोर्सगाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आइतबार राति राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा भारतबाट आएका नेपाली नागरिक लिएर नेपालगन्जबाट सल्यान तर्फ गइरहेको (फोर्सगाडी) दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ  । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छ्न् । घाइते ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राति करिब सवा १२ बजे बा ५ख ५९९५ नम्बरको उक्त बस बिग्रेर रोकिएको ना४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको होे ।

बसमा चालक सहित ३३ जना सबार थिए । मृतकहरूको सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा लगिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *