ताजा समाचार

कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी : मोदी   

एएनआई। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन।

कोरोनाभाइरसलाई पराजित गर्न पनि योगाभ्यासको आवश्यकता रहेकोमा उनले आइतबार जोड दिए । योगाभ्यासले शारीरको क्षमता बढाउने र क्षमता बढाएमा कोरोनाभाइरसलाई जित्न सकिने भएकाले कोरोना संकटका बेलामा योगाभ्यास अझ उपयोगी र आवश्यक रहेको उनको भनाई छ ।

मासिक रेडियो कार्यक्रम “मन की बात”मा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले योगाभ्यास र आयुर्वेदलाई विश्वभरका नेताहरुले चासो राख्ने गरेको उल्लेख गरे ।

“मैले विश्व नेताहरुसँग कुराकानी गर्नेक्रममा योगाभ्यास र आयुर्वेदले कोरोनाभाइरस विरुद्धको उपचारका लागि सहयोग गर्न सक्ने बारेमा चासो राख्ने राखेकाे,” उनले भने  ।

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीले योगको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका हुन । हरेक वर्षको जुन २१ तारिखका दिन विश्वभरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *