काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वस्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटमा २९, सल्यानमा २५, कालिकोटमा १८, तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, दैलेखमा १८, बाजुरामा ३, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।
संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको छन् । पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ। शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवक र आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।




