ताजा समाचार

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीकाे निधन

काठमाडाैं । बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेका उनको आइतवार बिहान आफ्नै निवास एकान्त कुनामा निधन भएको हो । उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने गरिदैछ । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरीले थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *