काठमाडौं । कालिमाटी प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण नभएको पुष्टि भएपछि अहिले सबै प्रहरी काममा फर्केका छन् । वृत्तमा कार्यरत दुई जना जुनियर अधिकृतमा कोरोना संक्रमण देखिएपछि त्यहाँका सबै कार्यालय सिल गरेर कार्यरत प्रहरीको संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगटिभ आएपछि उनीहरु आजबाट काममा फर्केका हुन् । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि आइतबारबाट ड्युटीमा फर्किएको कालिमाटी वृत्तका प्रमुख डीएसपी रुगम कुँवरलेजानकारी दिए । उनका अनुसार अहिले सबै प्रहरी काममा फर्केका छन् । प्रहरी र अन्य कर्मचारी गरी २२५ को पीसीआरबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पनि उनले जानकारी दिए । यसअघि संक्रमण भएका दुई जना जुनियर अधिकृत पनि शनिबार डिस्चार्ज भएका थिए । उनीहरुमा संक्रमण देखिएपछि कालिमाटी प्रहरी बृत्त, ट्राफिक प्रहरी र महिला सेलका प्रहरीको कोरोना परीक्षण गरिएको थियो। कालिमाटी वृत्तमा कार्यरत प्रहरीलाई संक्रमण देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले त्यहाँको डिउटी गर्दै आएको थियो । परिसरलाई थप मद्धत भने प्रहरी प्रधानकार्यालयले गरेको थियो ।
सम्बन्धित समाचार
२२ फाल्गुन १४:३०
२४ फाल्गुन ०६:४०
२२ फाल्गुन ०७:३२
२४ फाल्गुन १५:१४
२३ फाल्गुन २१:१२
२५ फाल्गुन ०८:२३
२८ फाल्गुन ११:३७
२२ फाल्गुन ०५:०९
२३ फाल्गुन १९:३०
२८ फाल्गुन १३:५८




