काठमाडौं । भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजाबाट भारतीय नागरिक जर्बजस्ती सीमा प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । एक जना व्यक्ति नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले फर्काइदिएको थियो । नेपाल प्रवेश गर्न नपाएको भन्दै उनले ५० जना भन्दाको संख्यामा मानिस ल्याएका थिए ।
हवाई फायरपछि अहिले स्थिति नियन्त्रणमा आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । आफन्त भेटघाट गर्न भन्दै उनीहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । तर प्रहरीमथि आइलागेपछि उनीहरुलाई तितरवितर पार्न हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
ताजा समाचार




