काठमाडौं।सरकारले ल्याएको विधान संशोधनको प्रस्ताव आज आइतबार बस्नेत संघीय संसदको बैठकमा पेश भएको छ । नेपालको नयाँ नक्सासहितको निशान छाप संविधानमा समावेश गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको हो ।
संसद सचिवालयले आइतबार ११ बजे बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा नेपालको संविधान(दोश्रो संशोधन) विधेयक २०७७ पनि राखेको थियो । उक्त विधेयक कानून,न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तम्बाहाङफेले संसदमा पेश गरेकी छन । मन्त्री तम्बाहाफेले नेपालको संविधानको धारा ९ को उपधारा (२)संग सम्वन्धि अनुसूची ३ मा संशोधन गर्न संशोधनको प्रस्ताब पेश गरेकी हुन ।
केही दिन याता निकै ठूलो बहसको विषय बनेको संविधान संशोधन विधेयकको पक्षमा कांग्रेसले मतदान गर्ने निर्णय गरेपछि सरकारले उक्त विधेयक संसदमा पेश गर्ने गरेको हो ।
जेठ १४ गते बसेको संघीय संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको विषयमा कांग्रेसले आपत्ति जनाएको थियो ।




