संखुवासभा। संखुवासभामा पहिलो पटक दुईजना पुरूषमा कोरोना संक्रमण पुष्टि भएकाे छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगबाट संक्रमित भएका दुईजना युवा संखुवासभाको खाँदवारी नगरपालिका स्थित तुम्लिङटारको क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।
यही जेठ १३ गते भारतबाट आएका दुई युवा मध्ये पाँचखपन नगरपालिका वडा नं- १ का २२ वर्षीय पुरुष र खाँदाबारी नगरपालिका वडा नं -७ का २३ वर्षीय पुरुष रहेका छन् । उनीहरुको आरडीटी पोजेटिभ आएसँगै पीसीअारका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुवैजनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरु दुवैजनालाई एम्बुलेन्स मार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ ।




