ताजा समाचार

वरिष्ठ गीतकार थापाको निधनप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त   

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधनप्रति शोक व्यक्त गरेका छन ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन। नेपालको साङ्गीतिक क्षेत्रका चर्चित वरिष्ठ गीतकार थापाको निधनको खबरले दुःखित बनाएको उल्लेख गर्र्दै सभापति देउवाले उहाँको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताए ।

कालजयी र सदाबहार राष्ट्रभक्तिका गीत सिर्जना गरेर स्व थापाले नेपालको साङ्गीतिक क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *