ताजा समाचार

दाङकाे कोरोना विशेष अस्पतालबाट ८ जना डिस्चार्ज

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।
वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुम (पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र बर्दियाका छन् । उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *