ताजा समाचार

काँग्रेस संसदीय दलले बाेलायाे १ बजे बैठक   

काठमाडौँ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले  एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । काँग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *