ताजा समाचार

चर्चित गीतकार रत्नशम्शेर थापाको निधन, काेराेना परीक्षण हुँदै

काठमाडौँ . चर्चित गीतकार रत्नशम्शेर थापाको आज दिउँसो निधन भएको छ । बिहीबार साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको थियो । कुकुर डोर्‍याउने क्रममा केही समयअगाडि थापा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो । त्यसयता उनी घरमै आराम गरिरहेका थिए ।

थापाका छोरा रुपेन्द्र समशेरका अनुसार उनलाई नर्भिकको आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । यसको नतिजा नआइन्जेल उनको शव अस्पतालमै राखिने रुपेन्द्रले बताए ।थापाद्वारा रचित ‘जाग लम्क चम्क हे’, ‘ठट्टैमा यो वैंस जान लाग्यो’, ‘घुम्तीमा नआउ है, ‘उकारी ओरालो गर्दै’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । नारायण गोपालले गाएका सुरुवाती गीतहरु उनले नै लेखेका थिए । थापाका श्रीमती र २ छोरा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *