दार्चुला । गत जेठ १ गते व्यासको छाङरुमा पुगेको नेपाल प्रहरी बुधबार व्यासको तिङ्करस्थित छियालेक चौकीमा उक्लिएको छ । छाङरु पुगेको दुई सातापछि नेपाल प्रहरी छियालेक चौकी सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । छियालेक झण्डै पाँच हजार मिटर उचाइमा छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीसँगै गत वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सुरक्षाकर्मी र खाद्यान्नलगायत बन्दोबस्ती ओसारेको थियो । पहिलोपटक सशस्त्रको बिओपी छाङरुको गागामा राखिएको छ भने सीतापुलमा नेपाल प्रहरी छ । यस्तै तिङ्करको छियालेकमा बुधबारदेखि प्रहरीले चौकी स्थापना गरी काम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।




