काठमाडौं । मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तरास्ट्रिय फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले हलिउड फिल्म स्टाइलले यसको टेस्ट टिजर ल्याएको हो ।
यदि कोही मर्न डरादिन भन्छ भने कि उ झुट बोल्दैछ, कि त उ गोर्खाली (नेपाली) हो – फिल्ड ‘मार्शल शाम मानेस्का’को भनाई समावेश टिजरमा नवनायक रितेश चाम्स देखिएका छन् ।
वीर गोर्खालीको कथामा बन्न लागेको ‘गोर्खा वारियर’मा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन लगायतको अभिनय रहनेछ ।
हलिउड कलाकारको पनि अभिनय रहने बताइएको फिल्मबाट रितेश चाम्स अभिनयमा डेब्यु गर्नेछन् । ५० प्रतिशत हलिउड प्राविधिक राखेर नेपाली र अंग्रेजी दुई भाषामा फिल्म बन्न लागेको हो ।
अफगानिस्तान र नेपालमा छायाँकन हुने फिल्म २०२१ मा प्रदर्शनमा ल्याइने लक्ष्य निर्माण युनिटको रहेको छ ।
https://www.youtube.com/watch?v=qbkIs6E60bU




