ताजा समाचार

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौं। सोमबार अपरान्ह ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन । संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । जसमध्ये ६ सय २ पुरुष र ८० महिला छन ।
सेती प्रादेशिक प्रयोगशालमा भएको परिक्षणका क्रममा अछामका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । यसै गरी भेरी अवस्पताको प्रयोशालमा परिक्षणका क्रममा वर्दियाका तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालमा भएको परिक्षणमा पर्साका एक र काठमाडौ घर भई बारामा कार्यरत एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
कोभिड १९ को उपचारपछि निकोभएर १ सय १२ जना घर फर्केका छन । चार जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *