काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । जेठ ४ गते मृत्यु भएका एक ७० वर्षिय वृद्धमा कोरोना भाइरस परीक्षण पोजेटिभ आएसँगै देशभर काेराेना संक्रमणबाट मर्नेकाे संख्या ४ पुगेकाे हाे । उनको ८ दिन अघि नै अन्तिम संस्कार गरिसकिएको छ ।
कलैया ७ बाराका वृद्धकाे नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट शंकास्पद आएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।




