ताजा समाचार

मृतक सुत्केरी महिलाकाे परिवारलाई पूर्वराज्य मन्त्री खड्काले गरे सहयोग

सङ्खुवासभा। खाँदबारी नगरपालिका वडा नं. ६ कि गंगा कर्कीले विराटनगरको नोवल अस्पतालमा २ महिना अघि मृत बच्चा जन्माएसँगै उनको जीवनका दिन गन्ती शुरु भएका रहेछन् । सुत्केरी कार्कीको घरायसी आर्थिक अवस्था नाजुक भएका कारण पुरा उपचार नपाउँदै पैसा तिर्न नसकेर उनलाई एकाएक परिवारद्वारा घर फर्काइयो । दुई महिना अघिदेखिको उनको यो समस्या यतिखेर बल्झिएपछि श्वासप्रश्वासमा उनलाई एकाएक समस्या देखियो । तत्काल स्थानीयको सहयोगमा उनलाई जिल्ला अस्पताल खाँदबारी भर्ना गरिए पनि त्यहाँ उनको उपचार हुन नसकेपछि जिल्ला अस्पताल खाँदवारीले उनलाई बाहिर लान रिफर गरेसँगै उनलाई थप उपचारका लागि काठमाडौ नेपाली सेनाको हेलिकप्टरद्वारा दुई दिन अघि उनको उद्धार गरिएको थियो । सुत्केरी महिला कार्कीको गत शुक्रबार राती उपचारका क्रममा थापाथली स्थित प्रसुति गृहमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव निरीक्षक मिमबहादुर लामाले जानकारी दिए ।

अस्पतालले आफन्तलाई मृत्युकाे खवर सुनाएसंगै  संखुवासभा शोकामा डुब्याे । मृतक कार्कीको पीसीआरको रिपोर्ट आउन तीन दिन मृतक परिवारले पर्खन पर्याे । अन्तत उनको रिपाेट ३ दिनपछि नेगेटिभ आयो । अस्पतालले डस्चार्ज गरेपछि मृतक महिलाकाे आइतवार पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार गरिएकाे थियाे ।

यस अघि उनी बाँच्छिन भन्ने आशामा परिवारले पहल गरेसँगै नेपाल सरकारको सहयोगमा ढिला भएपनि उनलाइ हेलिकप्टरद्वारा गत शुक्रवार  काठमाडौँ उपचारमा लगिएको थियो । अन्ततः उनी बाँच्न सकिनन् । यतिखेर उनका सासुसहित परिवारको कन्त विजोग हुने भएको छ । मृतकका परिवार उनको मृत्यु भएसँगै के गर्ने कसो गर्ने विलखबन्दमा परेका वेला कार्कीका आफन्तले त्यति वेला लामो सास फेरे जव संखुवासभाका पूर्व सभासद एवं पूर्व राज्यमन्त्री दिपक खड्कामार्फत सहयोग गरे । लकडाउनका बेला पनि आफ्नो स्वास्थ्य अवस्थाको पर्वाह नगरी  अलपत्र र सहाराविहिन मृतककाे परिवारलाई संखुवासभाका कांग्रेस युवा नेता एवं पूर्व राज्यमन्त्री खड्का दुखमा साथ दिए ।

यो दुखदको बेला लकडाउनको पर्वाह नगरी उनको मृत्युको घडीमा प्रसुति गृह स्थल थापाथलीमा ठूलो संख्यामा उनका शुभचिन्तकहरुको उपस्थित रहेको सेवक पोख्रेलले जानकारी दिए । सुत्केरी महिला कार्कीको मृत्यसँगै मनबाटै सहयोग गर्ने प्रतिवद्दता त्यहाँ उपस्थित धेरै अभिभावकहरुले गरेपनि व्यवहारमा भने उतार्न सकेका थिएनन् ।

मृतकको  परिवारलाई घरसम्म पुर्याउन साथी भाइहरुसँग रकम उठाएर जिल्ला पठाउने योजना गरिरहेको बेला मृतक परिवारलाई पूर्व राज्यमन्त्री खड्काकाे आर्थिक व्यवस्थापनमा संखुवासभाको खाँदबारीसम्मका लागि स्कार्पियो गाडीकाे व्यवस्था गरियाे । पूर्वराज्य मन्त्री खड्काले मृतकका परिवारलाइ काठमाडाैंदेखि संखुवासभाको खाँदवारी ६ पांठासम्म ल्याउने गाडीको व्यवस्थासँगै सम्पूर्ण खर्चको जिम्मा लिएको नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष  श्यामशुन्दर शेर्पाले जानकारी दिए। आज अपरान्ह ५ बजे काठमाडौँबाट मृतकका परिवारलाइ गाडीमा संखुवासभा पठाइएको समेत शेर्पाले जानकारी दिए ।

सुत्केरी महिलाको मृत्यभएको खवर पाएसँगै संखुवासभाबाट जननिर्वाचित संघीय सांसद राजेन्द्रप्रसाद गौतम, चैनपुरका नगरप्रमुख  भरतकुमार खत्री, माजसेवी सहितका अग्रज व्यक्तित्वहरु टिकाराम गुरुंग, श्यामशुन्दर शेर्पा¸ कमल काफ्ले, श्री गुरुगं, प्रमोद गौली, अनन्त कार्की, सञ्जय सुब्बा,सञ्चारकर्मीहरु दिपेन्द्र बान्तवा, हेमन्त गौतमले शोकाकुल परिवारलाइ भेटेर समवेदना दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *