मुम्बई । कोरोना भाइरसका कारण भारत सरकारले देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा बलिउड कलाकार घरभित्र सिमित छन् । उनीहरुले बेलाबेलामा सार्वजनिक गरेको तस्बिरबाट पनि सो अनुमान लगाउन सकिन्छ ।
लकडाउनका कारण साना तथा ठुलापर्दाका सबै प्रकारका सुटिङ लगायतका काम समेत रोकिएका छन् ।
यो समय अभिनेत्री ऋचा चड्ढा भने बेली डान्स सिकिरहेकी छन् । उनी आफैले सामाजिक संजाल मार्फत आफुले बेली डान्स सिकिरहेको जानकारी दिएकी हुन् ।
ऋचाले बेली डान्स सिक्दै गरेको आफ्नो एक भिडियो समेत सामाजिक संजाल मार्फत शेयर गरेकी छन् । तस्बिरका साथमा उनले लेखेकी छन् ‘म अहिले नयाँ कला सिक्दैछु ।’
ऋचाले सामाजिक संजाल मार्फत शेयर गरेको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियो तथा ऋचाको पोष्टलाई धेरैले प्रतिक्रिया समेत जनाएका छन् ।




