काठमाडौं। आजको लागि तोकिएको मन्त्रीपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटलगायतको विषयमा छलफल गर्न आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । अब बैठक सोमबार बिहान ११ बजे बस्ने एक मन्त्रीले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसकै विषयमा आवश्यक तयारी लगायतका विषयमा मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो
त्यस्तै कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा भइरहेको प्रयास र थप रणनीतिका बारेमा पनि छलफल पनि बैठकको एजेण्डा हुनेछ । भारत र विदेशमा अलपत्र परेका नागरिकहरूको उद्दारबारे पनि छलफल हुनेछ ।
विदेशमा रहेका नेपालीहरुको उद्दार गर्ने सरकारले बताए पनि अहिलेसम्म के कसरी उद्दार गर्ने, उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन।




