काठमाडौं । डा. बाबुराम भट्टराई, कोमल ओलीदेखि कलाकार, गायक गायिका, खेलाडी लगायत करिव दर्जन बढी चर्चित ब्यक्ति एउटै गीतको भिडियोमा देखिएका छन् । गायक बिनोद बाँनियाको स्वर तथा संगीत राष्ट्रिय गीत ‘जित्छौँ हामी’मा यी सबैको अभिनय देख्न सकिन्छ ।
देशमा सिमा अतिक्रमनको मुद्दा चर्किरहेको र कोरोनासँग जुधिरहेको बेला गीत ‘जित्छौँ हामी’ सबैमा हौसला प्रदान गर्ने बिश्वास गायक बाँनियाको रहेको छ ।
गीतको शब्द संजोक बश्यालले लेखेका हुन् । अतिक्रमणमा परेका नेपालको भूमि फिर्ता ल्याउन र कोरोनासँगको लडाइमा विजय प्राप्त गर्न हौसला दिने उदेश्यले गीतको रचना आफुले गरेको गीतकार बश्यालले बताए ।
गीतको एक भिडियो समेत निर्माण भएको छ । बिजय बश्यालको निर्देशन रहेको भिडियोमा राजनीति नेता डा.बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुङ, खेलाडी अनिल गुरुङ, सिपोरा गुरुङ, साबित्री भण्डारी, कलाकार अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुङ, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ र साहित्यकार सरस्वती प्रतिक्षा लगायतको अभिनय रहेको छ ।




