ताजा समाचार

थप २० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ५ सय ७

काठमाडौं।शुक्रवार अपरान्ह २० जना कोरोना भाइरस संक्रमित थपिएका छन । नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।  हालसम्म ४० जिल्लाका ४३३ पुरुष र ७४ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रवार सेती प्रादेशिक प्रयोगशालमा भएको परिक्षणका क्रममा कैलालीका ३ पुरुषमा कोरोना संक्रमण भएको हो । संक्रमितहरु १९,२३ र २९ वर्षका छन । उनीहरु सरस्वती मावि क्वारेन्टाइन, जानकी गाउँपालिकामा छन । बाँकेका थप १४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालमा परिक्षण क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । जसमा नरैनापुरका १३ जना, राप्ती सोनारीका १ जना पुरुष छन । उनीहरु १८ देखि ६१ वर्ष उमेर समुहका छन ।
परशुरामका १०  डडेलधुरा १८ वर्षीय पुरुष ,  वैतडीकाे शिवनाथका २३ वर्षीय पुरुष र रतुवामाई २ मोरङका ४१ वर्षीय पुरुषको परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
प्रदेश नम्बर एकमा ८५ ,प्रदेश नम्बर २ मा १५१,वागमती प्रदेशमा २८ , गण्डकी प्रदेशमा ५ जना, प्रदेशनम्बर ५ मा २२७ ,कार्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा १० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

नेपालमा पीसीआर विधिबाट ४२ हजार ४ सय ८८ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म १ लाख २४ हजार ५ सय ४ को परिक्षण भएको उनले बताए । आइसोलेशनमा ४ सय ३३ जना छन ।

कोभिड १९ को उपचारपछि निकोभएर ७० जना घर फर्केका छन । शुक्रवार एकै दिन हलसम्मकै बढी २१ जना डिस्चार्ज भएका हुन। तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *