ताजा समाचार

नेपालगञ्जका २१ जना काेराेना संक्रमित डिस्चार्ज, ७० जना संक्रमित निकाे भए

काठमाडाैं। नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरूलाइ डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे छ । सङ्क्रमितको  दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाइ डिस्चार्ज गरिएकाे हाे  । कोरोना पराजित गरेका २१ जनालाई आजै घर पठाइएकाे छ ।
नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *