काठमाडौं । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको यतिबेला भारतीय मिडियाले चर्काे बिरोध गरिरहेका छन् । नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ ।
अभिनेत्री मनिषाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । उनको ट्वीट भारतीय उनका प्रशंसक तथा मिडियालाई मन परेन र उनी बिरुद्ध अहिले खनिन थालेका छन् ।
भारतीय मिडियाले अभिनेत्री मनिषालाई भारतको खाएर चीनसँग मिलेर भारत बिरोधी गतिबिधि गरेको समेत आरोप लगाइरहेका छन् ।
‘भारतले बिश्वमा चिनिने स्टार बनाएकी मनिषा अहिले भारत बिरोधमा लागेकी छन्’ भारतीय मिडियाले यस्ता समाचार प्रस्तुत गरिरहेका छन् ।
अभिनेत्री मनिषाले आफ्नो ट्वीटमा भारत बिरोधी त्यस्तो केही शब्द प्रयोग गरेकी छैनन् । उनले ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिदै भारत, नेपाल र चीनको कुरा उठाएकी छन् । उनले भनेकी छन् ‘सबै तीन महान देशबीच शान्तिपुर्ण र सम्मानजनक छलफलको आशा गर्दछु’ यो ट्वीटलाई लिएर भारतीय मिडिया उनी बिरुद्ध खनिन थालेका हुन् ।
भारतीय मिडियाले नेपालले जारी गरेको नक्साको अभिनेत्री मनिषा कोइरालाले नेपालको समर्थन गरेकोमा समेत बिरोध गरेका छन् । उनीहरुले मनिषाले नेपालको समर्थन गर्न नहुने आसयका समाचार प्रसारण गरिरहेका छन् ।
‘भारतले उनलाई बलिउडको टप हिरोइन बनाएर बिश्व परिचित बनाएको छ’ भरतीय मिडियाले समाचारमा भनेका छन् ।
भारतीय मिडियाले आफ्नो समाचारमा मनिषालाई यसरी प्रस्तुत गरिरहेका छन् कि उनी भारती नागरिक भएर नेपालको समर्थन गरिरहेकी छन् ।
भारतीय मिडियाले मनिषालाई बलिउडले बिश्वमा पहिचान दिलाएको हरेक समाचारका उल्लेख गरेका छन् । यो कुरा नेपालले पनि नकार्न मिल्दैन । तर, मनिषा नेपाली हुन् भनेर स्वीकार्न नसकेको उनीहरुको समाचारबाट प्रप्ट हुन्छ । रोजीरोटीको सिलसिलामा कोही मानिस जुन मुलुकमा रहे पनि राष्ट्रियताको सवालमा त्यो नागरिकले देशको समर्थन गर्छ भन्ने भारतीयले किन बुझ्न सकिरहेको छैन ।
मनिषा बलिउडको टप हिरोइन हुनु भनेको उनले नेपाली नागरिकता त्यग्नुु, नेपाल प्रतिको उनको दाइत्व नरहनु
र उनले राष्ट्रियता बिर्सनु त होइन होला नि ? । उनकोे आफ्नो राष्ट्र नेपाल प्रति कुनै उत्तर दाइत्व हुँदै नहुने र उनले आफ्नो राष्ट्रियताको बिषयमा बोल्नै न मिल्नृ त होइन होला नि ? ।
भारतीय मिडियाले यतिबेला मनिषाको बिषयमा प्रसारण गरिरहेको समाचारमा मनिषा हिरोइन हुनमा पनि बलिउडको हात छ भन्ने खालका आसय समेत राखिएका छन् । के मनिषाले अभिनयमा बलिउडबाट डेब्यु गरेकी हुन् र ? ।
बलिउड अगाडि उनले नेपाली फिल्म ‘फेरि भेटिएला’ अभिनय गरेकी थिइन् । त्यसपछि मात्र उनले बलिउडको ‘सौदागर’ अभिनय गरेकी हुन् । केही पहिले पनि उनको नेपाली फिल्म रिलिज भएको थियो । यता तिर पनि ति मिडियाले ध्यान दिनुपर्छ कि पर्दैन ।
मनिषा बलिउडमा सफल हुनु उनको मिहिनेत र क्षमताले पनि हो । त्यसका लागि उनले घरपरिवार छोडेर संघर्ष समेत गरेकी छन् । बलिउडले उनलाई मानार्थ सफल अभिनेत्रीको सम्मान त दिएको होइन नि ।
भारतीय मिडियाले अभिनेत्री मनिषाले नेपालको राष्ट्रियताको समर्थमा बोल्नु हुन्न भन्नु, उनले नेपालको समर्थ गरेको बिरोध गर्नु अभिनेत्री प्रियंका चोपडालगायत जति पनि भारतीय कलाकार छन् । जो भारतीय भुमि बाहिरका फिल्ममा समेत काम गर्न सफल छन् । ति कलाकारलाई भारतको राष्ट्रियताको बिषयमा बोल्ने अधिकार छैन भन्नु हो कि होइन । याता तिर भारतीय मिडियाले किन ध्यान दिन सकेको छैन । एउटा औलो अरुलाई देखाउँदा बाँकी सबै औला आफु तिर फर्किन्छ भनेर बिचार गर्नुपर्छ कि पर्दैन ।
त्यसो त नेपालको समर्थन गरेको बिषयमा मिडिया र केही सार्वजनिक संजाल प्रयोकर्ता भारतीयले मनिषालाई ‘नमक हराम’ समेत भनेर गाली दिएका छन् ।
बलिउडमा पसिना बगाएर खाएको नुनलाई ‘नमक हराम’ भन्ने हो भने हामीले पनि गुल्सन ग्रोबर, राजपाल यादवलगायत केही बलिउड कलाकारलाई उनीहरुले भारतको राष्ट्रियताको समर्थन गर्दा ‘नमक हराम’ भन्नुपर्ने, भन्न पाउन पर्ने हुन्छ । किनभने यी बलिउड कलाकारले पनि नेपाली फिल्म अभिनय गरेर धेरथोर नेपाली नमक खाएकै छन् । हैन भने मनिषा कसरी नमक हराम ! ।
ताजा समाचार




