काठमाडौँ। नेपाल आयल निगममा कार्यरत १४४ कर्मचारीको कोरोना परीक्षण गरिएको छ । निगमको कर्मचारी तथा निगमका कर्मचारीसंगै कार्यरत अन्य केहि ब्यक्ति, पम्पका मजदुर, सुरक्षाकर्मी र डिलर एसोसिएशनको थानकोटमा कर्यरत कर्मचारीकाे पिसिआर विधिबाट परीक्षण गरिएको हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिए । उनका अनुसार विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थ बोक्ने ट्रकका चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा आएर फ्रन्टलाइनमा कार्यरत कर्मचारीको परीक्षण गरिएको हो । आज काठमाडौँबाट शुरु भएको परीक्षण सातै प्रादेशिक कार्यालयमा छिट्टै सञ्चालन गरिनेछ ।
कर्मचारीको मनोबल वृद्धि गर्न निगम सञ्चालक समिति सदस्यको समेत परीक्षण गरिएको उनले जानकारी दिए ।
गत वैशाख अन्तिम साता बसेको निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारी सहित) को रु एक लाख बराबरको कोरोना बिमा गरिसकिएको छ ।




