ताजा समाचार

यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टद्वारा स्थानीय तहहरुमा स्वास्थ सामाग्री हस्तान्तरण

बिदुर । नेपाली कांगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले मंगलबार त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि अस्पतालको कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धि पूर्वतयारीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार त्रिशूली अस्पतालमा पुगि नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको प्रमुख स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन अस्पताल प्रशासनलाई सुझाव समेत दिएका छन् । त्यसक्रममा जिल्ला स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरे र त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।


यसअघि कांग्रेस नेता केसीको संरक्षकत्वमा रहेको यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले जिल्लाको बिभिन्न गाउपालिकामा रहेको स्थानिय तहका स्वास्थ चौकि , उपस्वास्थ चौकिहरुमा १८ वटा स्वास्थ्य संस्थालाई (ईन्फारेड थर्मोमिटर) उपलब्ध गराएको छ । बिदुर नगरपालिका भित्रका ६ वटा स्वास्थ्य संस्थालाई सदरमुकाम बिदुरमा र किस्पाङ र म्यागङ का अध्यक्ष आशा तमाङ र छत्र बहादुर तमाङ उप (प्रमुखहरु मायादेबि न्याैपाने र शान्ति तमाङ लगायत स्थानिय जनप्रतिनिधिहरुको उपस्थिति थियो । गाउँपालिकाका १२ स्वास्थ्य संस्थालाई म्यागङको देउराली हेल्थ सेन्टरमा ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले डिजिटल थर्मोमिटर र मास्कहरु हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन्  । उक्त अबसरमा महासचिब के सि ले कोभिड १९ का बिरुद्द सम्पुर्ण बिश्व मानब एक भएर लडनु पर्ने र यस्तो परिस्थिति मा कसैले पनि राजनैतिक आस्था भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *