ताजा समाचार

संक्रमण परीक्षणका लागि काठमाडौको वानेश्वर र मैतिदेवी सिल

काठमाडौं । बानेश्वर सहभागीता मार्गमा बस्दै आएका कालिमाटी प्रहरी वृत्तका प्रहरी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखा परेपछि राजधानीको बानेश्वरस्थित सहभागीतामार्ग क्षेत्र सिल गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १० अवस्थित सहभागितामार्गमा पारिजात स्कूल छेउमा डेरा गरि बस्ने कालीमाटीबृतमा कार्यरत नेपाल प्रहरीका सब इन्स्पेक्टरमा कोरोनाको संक्रमण देखिएको र छेउ छाउको एरिया पनि सिल गरिएको जनाइएको छ ।

सो क्षेत्र वरिपरी बसोबास गर्ने स्थानीयबासीको पनि परिक्षण गर्ने प्रहरीले जानकारी दिएको एक स्थानीय बताए । बुधबार बिहान कोरोना संक्रमण देखिएका कालीमाटी प्रहरीका सई डेरामा बस्ने भएकोले उक्त क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ । यसअघि रामेछाप घर भइ मैतीदेवी डेरा बस्दै गरेका एक युवकमा कोरोना संक्रमण देखा परेपछि राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको थियो । रामेछापको खाडादेवी स्थायी घर भई मैतीदेवीमा डेरामा गरी बस्ने पुरुषमा संक्रमण पुष्टि भएपछि मैतीदेवी क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ । मैतीदेवी प्रहरी बिटका अनुसार मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको छ । १०–१२ वटा घर पूर्णरुपमा सिल गरिएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *